संसद्‌मा विरोध प्रदर्शन भइरहेको छ, सरकारलाई मतलब छैन : प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले प्रतिनिधिसभा बैठकमा सरकारको भूमिका खोजेका छन् ।

रास्वपाका सांसद्हरुले छानविन समितिको माग गर्दै सदनको बैठक अवरोध र बहिष्कारका बीचमा सदनको कामकारबाही अगाडि बढाइएको र यो संसदीय अम्भ्यास र मूल्य मान्यता विपरित रहेको भन्दै सांसद साहले सरकारको भूमिका खोजेका हुन् ।

बजेटमाथि छलफल चलिरहे पनि संसद्‌मा विरोध प्रदर्शन भइरहेको बताउँदै उनले भने, ‘सरकारलाई मतलब छैन । म सभामुखलाई आग्रह गर्न चाहन्छु– सरकार गम्भीर हुन निर्देश होस् । सभामुखबाट रुलिङ होस् भन्ने माग गन चाहन्छु ।’

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्