संसदीय सुनुवाइ समितिले किन ‘होल्ड’मा राख्यो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशको अनुमोदन ?



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतलमा प्रस्तावित तीन जना न्यायाधीश र न्यायपरिषदको प्रस्तावित सदस्यको संसदीय सुनुवाइ सकिएपनि अनुमोदन भने गरेको छैन ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्‍यायाधीश शान्तिसिंह थापालाई न्याय परिषदले जेठ २७ गते सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो।

त्यस्तै महेशकुमार नेपाल न्यायपरिषदको सदस्य सिफारिस भएका थिए। आइतबारदेखि उनीहरूको संसदीय सुनुवाइ सुरू भएको थियो।

सोमबार उनीहरूको संसदीय सुनुवाइ सकिएको समितिका सदस्य समितिका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डोलप्रसाद (डिपी)अर्यालले जानकारी दिए।

सुनुवाइ सकिए पनि समितिले अनुमोदन भने गरेको छैन । सामान्यतायाः संसदीय सुनुवाइ समितिले सनुवाइ सकिएलगत्तै अनुमोदन गर्दैै आएको छ । तर, सर्वोच्चका तीन न्यायाधीश र न्यायपरिषदको सदस्य भने समितिले अनुमोदन नगरी ‘होल्ड’ मा राखेको छ ।

समितिका सदस्यहरुले होल्डमा राखिएको बारेमा प्रष्ट जानकारी नगराए पनि उच्च स्रोतले भने सुनुवाइ भइरहेका व्यक्तिहरू माथिको उजुरीका सन्दर्भमा थप अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालका लागि अनुमोदन रोकिएको हो ।

यद्यपी संसदीय समितिलाई अनुमोदन गर्ने समयससिमा भने ४५ दिन हुन्छ ।

प्रकाशित मिति: १६ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्