यामाहा नेपालले मनायो ‘यामाहा डे’
काठमाडौँ, १७ असार । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ।
विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ।
यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions” भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाएकाे हाे । नेपालमा यो उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न गरेकाे छ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार
















