प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’ को प्रायोजक
काठमाडौं, १७ असार । प्रतिष्ठित मलेसियाली अटोमेकर प्रोटोनको अग्रणी विद्युतीय सवारी साधन प्रोटन इमासले हिमालय टेलिभिजनमा प्रसारण हुने नेपालको व्यावसायिक रियालिटी टेलिभिजन कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’सँग प्रायोजन गरेको छ ।
नवप्रवर्तन र उद्यमशीलतालाई अगाडी बढाउने सामुहिक प्रयासलाई टेवा पुर्याउन यस कार्यक्रमका लागि प्रायोजन गरिएको प्रोटोनले जनाएको छ ‘
नेपालका लागि प्रोटोनका अधिकृत डिलर जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नवप्रवर्तन मार्फत अगाडी बढाउन प्रतिबद्ध ब्रान्डको रूपमा, प्रोटन इमास ‘शार्क ट्याङ्क नेपाल’सँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताए ।
यो सहकार्यपछि, प्रोटन इमास शार्क ट्याङ्क नेपालमा यस सिजनभर प्रमुखताका साथ प्रस्तुत हुनेछ, जसले दर्शकहरूलाई प्रोटोन इमासको नवीन ईभी प्रविधि र दिगो उद्देश्यको भित्री झलक दिनेछ ।
शार्क ट्याङ्क नेपालको बारेमा
शार्क ट्याङ्क नेपाल विश्वव्यापी रूपमा प्रसिद्ध उद्यमशीलता रियालिटी शोको नेपाली रूपान्तरण हो, जसले स्थानीय स्टार्टअप र उद्यमीलाई आफ्नो नवीनतम व्यावसायिक विचारलाई सफल लगानीकर्ताहरूको प्यानल वा शार्कहरू समक्ष प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ ।
प्रोटोन इमासको बारेमा
प्रोटोन इमास दक्षिणपूर्व एशियामा ुक्लीन मोबिलिटीु क्रान्तिको नेतृत्व गर्न डिजाइन गरिएको नयाँ पुस्ताको विद्युतीय सवारी साधन हो । उन्नत इन्जिनियरिङ, बौद्धिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धताको संयोजन गर्दै, प्रोटोन इमासले, हामी कसरी अगाडी बढिरहेका छौं र संसारलाई कसरी प्रभाव पार्छौं भन्ने कुरालाई पुनस् परिभाषित गरिरहेको छ ।
प्रकाशित मिति: १७ असार २०८२, मंगलबार
















