प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी असार १४ गते स्पेन प्रस्थान गएका थिए ।
उनी आज (शुक्रबार) अपराह्न काठमाडौँ आइपुग्ने छन् । अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार










