मधेशमा ३३ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी
जनकपुरधाम । मधेश प्रदेशमा हालसम्म कुल कृषियोग्य धान खेतमध्ये ३३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका ३ लाख ८२ हजार ४३३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म १ लाख २६ हजार ४३९ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको हो।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी सिरहामा ४५ प्रतिशत रोपाइँ भएको छ भने रौतहटमा सबैभन्दा कम १६ प्रतिशत मात्र रोपाइँ भएको छ।
कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले वर्षाको अवस्था र सिँचाइको उपलब्धताअनुसार विभिन्न जिल्लामा रोपाइँको गति फरक–फरक रहेको जानकारी दिनुभयो।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










