साउन १ देखि ११ गतेसम्म सर्वोच्च अदालतमा नियमित सुनुवाइ स्थगित



काठमाडौँ । सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ।

हरेक नयाँ आर्थिक वर्षको सुरुवातमा मुद्दाको लगत सार्ने परम्पराअनुसार नियमित सुनुवाइ अस्थायी रूपमा स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार नियमित इजलास साउन ११ गतेपछि पुनः सञ्चालन हुनेछ।

यद्यपि, यस अवधिमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन भने दर्ता र सुनुवाइ दुवै नियमित रूपमा जारी रहने प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्