सम्पत्ति छानबिन आयोगको काम तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग लाई हालका लागि कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।
बालेन्द्र शाह नेतृत्वको सरकारले २०६३/०६४ सालयता उच्च सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको थियो। आयोगले प्रारम्भिक कामसमेत सुरु गरिसकेको अवस्थामा सर्वोच्चले आयोगको काम तत्काल रोक्न आदेश दिएको हो।
आयोग गठनविरुद्ध दायर भएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेल को संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले उक्त मुद्दालाई थप सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेशसमेत दिएको छ।
अब पूर्ण इजलासबाट अन्तिम निर्णय नभएसम्म आयोगले आफ्नो नियमित कार्य अघि बढाउन पाउने छैन।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










