वार्षिकोत्सवका अवसरमा यामाहाको राष्ट्रव्यापी एक्सचेन्ज अफर




काठमाडौं, २४ असार । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ।

यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गर्दैछ, जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ।
यस विशेष उत्सवको एक भागस्वरूप, ग्राहकहरूले रु ७ हजारसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशतमा ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउने कम्पनीको अपेक्षा छ ।
यसै सन्दर्भमा आफ्नो धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ श्री दीपक कुमार अग्रवालले भने, “यामाहाको ७० औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।”
यो क्याम्पेन केवल एक्सचेन्ज मात्र होइन, यो त यामाहाको ७० वर्षदेखिको उत्कृष्टता र गौरवको उत्सव हो भने विश्वसनीय जापानी इन्जिनियरिङ र पुस्तौंदेखि कायम गुणस्तरको प्रतिबद्धतालाई एकसाथ ल्याउने अवसर पनि हो। तपाईं स्टाइल, पर्फर्मेन्स वा दीर्घकालीन भरोसा जे चाहनुहुन्छ, यामाहा तपाईंका सबै चाहना पूरा गर्न तयार छ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुई पाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको छ। दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि डिजाइन गरिएका मोटरसाइकलहरूसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिंग अनुभव उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्