सरकारले गर्याे बीमा प्राधिकरणका अध्यक्ष ओझाकाे निलम्बन



काठमाडौं ३० असार । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिका अन्य दुई जना सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला रहेको एक मन्त्रीले बताए ।

छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका छन् ।

ओझामाथि फर्जी कागजात पेश गरी बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ । यही विषयमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्