RIDDARA RD6 अब मात्र ९.९९ लाख डाउन पेमेन्टमा
काठमाडौं । सिजी मोटर्सले गिले अटो ग्रुप सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप RIDDARA RD6 अब मात्र ९.९९ लाख डाउन पेमेन्टमाका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अब ग्राहकहरूले मात्र रु। ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इभी पिकअप आफ्नो बनाउन सक्नेछन्।
यस अफरमार्फत, सिजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।
Riddara RD6 2WD मा ६३ किलोवाट क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी को ड्राइभिङ रेन्ज प्रदान गर्छ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै Comfort, Economy, Off-road जस्ता ३ ड्राइभ मोड, 360 Degree क्यामेरा, म्याट्रिक्स LED हेडलाइट र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार
















