पद्मश्री पुरस्कारका लागि ५ कृतिको सूची सार्वजनिक
काठमाडौं । पद्मश्री साहित्य पुरस्कारको लागि छनोट भएका कृतिको संक्षिप्त सूची सार्वजनिक भएको छ ।
२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकोमा यसअघि १५ कृति छनोट गरिएको थियो । ती कृतिमध्येबाट ५ वटा छनोट गरिएको हो ।
जसमध्ये खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार उरमाल (आख्यान), छालबाटो (गैरआख्यान), प्रणाम सगरमाथा (नियात्रा), स्व (उपन्यास) र हिउँको गीत (उपन्यास) संक्षिप्त सूचीमा परेका छन् । यही सूचीबाट एक पुस्तकलाई पद्मश्री पुरस्कारका लागि छनोट गरिनेछ ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार







