डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर
काठमाडौं । डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ।
“व्हाई वेट फर द फेस्टिभल?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर मौकाको फाइदा उठाउन आव्हान गरेको छ।
नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ-स्टार लक्जरी ईभी बनाएको छ।
ग्राहकको गाडी किन्ने अनुभवलाई अझ विशेष बनाउन, डोङफेङ नामीले यो गाडीलाई विशेष चाडपर्व मूल्य ३३.९९ लाख रुपैयाँमा उपलब्ध गराएको छ जुन पहिले ३४.७९ लाख रुपैयाँ थियो। चाडपर्व सुरु हुनु अघि नै अफर सुरु गरेर कम्पनीले ग्राहकहरूलाई चाडबाडको भीडभाड नपर्खीकनै उत्सव सुरु गर्ने मौका दिएको छ।
डोङफेङ नामीले डिजाइन, नवीनता र दैनिक व्यवहरिकताको संयोजनमार्फत नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न अग्रणी भूमिका खेल्दै आएको
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार
















