अत्तरियामा आजदेखि टीभीएसको ‘एक्सचेन्ज मेनिया’ सुरू



अत्तरिया । कैलालीको अत्तरिया बसपार्कमा बागेश्वरी मल्टीमोटर्स टिभिएस शोरूमले एक्सचेन्ज मेनिया “अफर“ सञ्चालन गरेको छ ।

जगदम्बा मोटर्स नेपालको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले अत्तरिया बसपार्कमा “टीभीएसको“ ‘एक्सचेञ्ज मेनिया’ निरन्तर संचालन गरेको हो ।

अफर अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर आइतबारदेखि सञ्चालन गरेको हो ।

अत्तरिया बागेश्वरी मल्टिमोटर्स (टीभीएस शोरुम) का सञ्चालक प्रेम साउँदले एक्सचेञ्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइने जानकारी दिए ।

उनले ५ वर्ष देखि अत्तरियामा बागेश्वरी मल्टीमोटर्स नामबाट आधिकारिक रूपमा टिभिएस कम्पनीको मोटरसाइकल र स्कुटर बिक्री गर्दै आइरहेको बताउँदै ग्राहकहरुको सुविधाको लागि एक्सचेन्ज मेनिया अफर सञ्चालन गरिएको बताए । उनले आइतबारदेखि भाद्र ६ गतेसम्म संचालन गरिएको एक्सचेन्ज मेनिया अन्तर्गत टिभिएस कम्पनीको दुई वटा नयाँ रङ्गको स्कुटर र मोटरसाइकल प्रदर्शनसँगै ग्राहकहरुलाई विशेष छुट अफर राखिएको बताए । जस अन्तर्गत ग्राहकहरुले नयाँ मोटरसाइकल खरिद गर्दा ८ हजार र नयाँ स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँ बराबरको नगद छूटसमेत उपलब्ध गराइने बताए ।

यस्तै एक्सचेन्ज अफर अन्तर्गत जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल र स्कुटरमा बजार मूल्याङ्कन भन्दा १० हजार थप गरिएको बताए । एक्सचेन्जमा गुड्दै नगुड्ने कुनै पनि कम्पनीको मोटरसाइकल तथा स्कुटर ल्याउँदा न्यूनतम मूल्यांकन ३० हजार रहेको बताए । उक्त अफरहरुमा एक्सचेन्ज गरेर नयाँ टिभिएस कम्पनीको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने जनाएको छ ।

साथै फ्री एसेसोरिज सुविधा अन्तर्गत हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ । जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्