यामाहाका नयाँ भेरियन्ट नाडा अटो शोमा
काठमाडौं, ३ भदौ । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गर्दै सबैको ध्यान खिचेको छ।
MT-15 V2 अब “ICE STORM” र “Vivid Violet Metallic” भेरियन्टहरू उपलब्ध छ भने FZ-S V3 DLX “ICE FLUO VERMILLION” मा देख्न सकिन्छ। यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नं. TW1) मा भएको थियो जुन यस मेलाको एक उत्साहजनक एवम् मुख्य आकर्षणको क्षण बन्यो।
उद्घाटन कार्यक्रममा यामाहाको इनोभेसन, पर्फर्मेन्स र स्टाइलप्रतिको निरन्तरको प्रतिबद्धताको संकेत स्वरूप एमएडब्लु राइड्स प्रा। लि। का अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडाका अध्यक्ष श्री करण चौधरीको उपस्थिती रहेको थियो। “MT-15 V2 का ‘ICE STORM’ र ‘Vivid Violet Metallic’ भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने FZ-S V3 DLX को ‘ICE FLUO-VERMILLION’ भेरियन्टले यामाहाको प्रसिद्ध FZ सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ। यी नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिन्छन्।
यामाहा ब्लु च्याम्बरका आगन्तुकहरूले यी नयाँ मोडेलहरू प्रत्यक्ष हेर्न पाउनुका साथै यामाहाका सम्पूर्ण मोटरसाइकल र स्कूटरको सिरिज अन्वेषण गर्दै विशेष नाडा अफरहरूको आनन्द लिन सक्छन् ।
प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार
















