नाडा अटो शोमा नेपालकै पहिलो फ्लाइङ कार प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
काठमाडौँ ३ भदौ । यस वर्षको नाडा अटो शो फरक र विशेष छ किनकि यहाँ इतिहासमै पहिलो पटक फ्लाइङ कार डीपल प्रदर्शित हुँदैछ।
नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल मेला हो, जहाँ हरेक वर्ष नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक गरिन्छ।
एमएडब्लु वृद्धि ग्रुप नेपालमा विश्वस्तरीय ब्रान्डहरू ल्याउने र उत्कृष्ट सवारी अनुभव दिने कम्पनीका रूपमा परिचित छ र नाडा अटो शोमा सहभागिताले नेपालको भविष्यको यातायातलाई आधुनिक र अग्रगामी बनाउने कम्पनीको दृष्टिकोण अझ स्पष्ट भएको छ।
यो वर्ष एमएडब्लू वृद्धि ग्रुप आफ्नो यस दृष्टिकोणलाई अझ माथिल्लो स्तरमा पुर्याउन तयार छ। आज नाडा अटो शो २०२५ को पहिलो दिनमा नै एक ऐतिहासिक अनावरण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा फ्लाइङ कारका नामले लोकप्रिय डीपल eVTOL अनावरण गर्नुभयो। यस अवसरमा अध्यक्ष अग्रवालले भन्नुभयो, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले थप्नुभयो, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ।”
डीपल eVTOL साधारण ‘नयाँ गाडी’ मात्र होइन। फ्लाइङ कार बनाउनका लागि डीपल निर्माण गर्ने कम्पनी चांगान अटोमोबाइल र EHangले सहकार्य गरेर व्यक्तिगत यातायातको लागि नयाँ र आधुनिक उपाय ल्याएका हुन्।
प्रकाशित मिति: ३ भदौ २०८२, मंगलबार
















