नाडा र नाइमा अटो शोमा एलएस अटोका ८८ गाडी बुकिङ



काठमाडौं । नेपाल अटोमोबाइल बजारमा हालै प्रवेश गरेको एलएस अटो छोटो समयमै उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ। नाडा अटो शो २०२५ (भदौ ३–८) र नाइमा नेपाल मोबिलिटी एक्स्पो (साउन २१–२६) मा गरी कम्पनीले कुल ८८ वटा गाडीको बुकिङ पाएको छ।

बिक्रेता कम्पनी नेक्सन भेन्चरका अनुसार, नाडा अटो शोमा ५१ र नाइमा एक्स्पोमा ३७ गाडी बुकिङ भएका हुन्। कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार, छोटो अवधिमा यति ठूलो संख्यामा बुकिङ हुनु कम्पनीका लागि अपेक्षाभन्दा राम्रो उपलब्धि हो।

“यी दुई शो अवधिभर एलएस अटोको स्टलमा अवलोकनकर्ताको भीड उत्साहजनक रह्यो। ब्रान्ड भित्रिएको थोरै समयमै उपभोक्ताले देखाएको विश्वास र रुचिले हामीलाई थप हौसला दिएको छ,” फुयाँलले भने।

हाल एलईभी–०१ ईभी मोडल उपभोक्ताबीच विशेष लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। स्मार्ट लुक्स, आधुनिक फिचर र प्रतिस्पर्धी मूल्यका कारण यो गाडीले लग्जरी ईभी चाहने ग्राहकलाई आकर्षित गरेको कम्पनीको भनाइ छ।

दशैं–तिहारलाई लक्षित गर्दै कम्पनीले नयाँ अफर ल्याउने तयारी गरेको छ। “एलएस अटो किफायती मूल्यमा लग्जरी सुविधा चाहनेका लागि उपयुक्त विकल्प हो। हामीलाई विश्वास छ, उपभोक्ताले देखाएको यो माया आगामी दिनमा अझ बढ्नेछ,” फुयाँलले बताए।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्