यामाहा ब्लु फेस्ट भव्य समारोहसहित औपचारिक रूपमा सुरु
काठमाडौं, भदौ २२
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे एक्स्चेन्ज महोत्सव, ‘यामाहा ब्लु फेस्ट’ आजबाट हात्तीसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ ।
उत्कृष्ट अफर, रोमाञ्चक अनुभव र यामाहा कम्पनीको शैली र प्रदर्शन पहिचानसँगै यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ ।
२२ देखि २७ भदौसम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीले आफ्नो पुरानो सवारीसाधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन् ।
यस चाडपर्वको सिजनमा यामाहा ब्लु फेस्टसँग खुसीको यात्रामा निस्केर हात्तीसार ९जय नेपाल सिनेमा हल० मा उपस्थित भएर आफ्नो पुरानो बाइक वा स्कुटर नयाँ यामाहामा परिवर्तन गर्न सकिने छ ।
कुनै पनि ब्रान्ड, कुनै पनि बाइक एक्स्चेन्ज गर्ने, कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँ मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन ९कर म्याद पूरा गर्नुपर्ने०, एक्स्चेन्जमा अतिरिक्त १० हजार बोनस, ७।९९ प्रतिशत ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक नभएको र नगद छुट १० लाखसम्म अविश्वसनीय एक्स्चेन्ज र फाइनान्स अफर उपलब्ध छन् ।
साथै, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट र भाग्यशाली विजेताका लागि ‘राइड द ब्लु विथ रोडिज’ अनुभव जस्ता अन्य थप आकर्षण छन् ।
यामाहाले आफ्नो प्रिमियम लाइनअप प्रदर्शन गर्दैछ, जसमा आर१५ भी४, एटी–१५ भी२, एफजेड भी३ डिलक्स, रेजेडआर १२५ एफआई हाइब्रिड, एरोक्स १५५ लगायत मोडेल समावेश छन् । ग्राहकले यामाहाको शक्ति, शैली र प्रदर्शनको पूर्ण अनुभव गर्ने अवसर पाउनेछन् ।
यस अवसरमा बोल्दै यामाहा नेपालका ईडी तथा सीईओ दीपक अग्रवालले भने, ‘यामाहामा हामी सधैं यस्तो अनुभव सिर्जना गर्न विश्वास गर्छौं जुन केवल यात्रामात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव पनि हो । यो पहल हाम्रो मूल्यवान ग्राहकप्रति धन्यवाद प्रकट गर्ने र अझ धेरै राइडरलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो ।’
प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार
















