अारअार क्याम्पसमा अनेरास्ववियुकाे प्यानलै विजयी


 


काठमाडाैं, चैत्र १५

काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा आज भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमाले निकट अनेरास्ववियु विजयी भएकाे छ ।

निर्वाचनमा तपेन्द्र बहादुर शाहीकाे प्यानलै विजयी भएकाे अखिलका कार्यवहाक अध्यक्ष रश्मी अाचार्यले जानकारी दिए । विजयी बनेका शाहीले ६९९ मत ल्याए भने उनका निकटतम प्रतिद्दन्दी नेविसंघका उत्तमबहादुर साउदले ३६७ मत प्राप्त गरे ।

क्रान्तिकारीले ४० मत प्राप्त गर्याे भने संयुक्त प्यानलका उम्मदवारले २० मत प्राप्त गरेका थिए ।

निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेक थिए ।  दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।

आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको हाे ।

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्