नगद कारोबारको सीमा तोकियो


 


काठमाडौं, चैत १६

सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्थासहित पहिलोपटक सीमा तोकेको छ । गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो ।

यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाउने भएका छन् ।

यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्