जेनजीको समर्थन गर्दा कलाकार दीपकराज गिरीलाई धम्की



काठमाडौँ, भदौ २९ । कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले केही दिनअघिदेखि आफूलाई मानिसले धम्क्याउन थालेको बताएका हुन् ।

आफूमाथि जेनजीलाई उकासेको आरोप लगाएर धम्क्याउने गरेको बताए । गिरीले घुमाउरो ढङ्गले ठुला दलका कार्यकर्ताबाट धम्की आइरहेको सङ्केत गरे । ‘केहीले इनबक्समा त, केहीले कल नै गरेर, ‘जेनजीलाई उकास्ने ? कलाकार भएर जेनजीतिर लाग्ने ?” भनेर धम्की आउन थालेको उनले बताए ।

प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्