एनपीएलको पहिलो खेलमा टिकटबाट उठेको रकम क्यानले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने



काठमाडौं २ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो सिजनको नेपाल प्रिमियर लिगको पहिलो खेलमा उठेको टिकट रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ।

राष्ट्रिय क्रिकेट टिमको विदाई गर्ने कार्यक्रममा बोल्दै नेपाल क्रिकेट सङ्घ क्यानका सचिव पारस खड्काले पहिलो सिजनको एनपीएलको पहिलो खेलबापत उठेको टिकट रकम प्रधानमन्त्री रात कोषमा जम्मा गर्ने जानकारी दिएका हुन्। ८ वटा एनपीएल टिम र नेपाल क्रिकेट सङ्घले सामूहिकरूपमा यो निर्णय गरेको उनले बताए।

विदाईका क्रममा नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेल सम्पूर्ण टिकट बिक्रीको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए।‘हामीले पहिलो सिजनको एनपीएलको पहिलो खेलको टिकट बापत उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय लिएका छौं,’ सचिव खड्काले भने।

यससँगै दोस्रो सिजनको एनपीएल देशमा आगामी दिनमा कुनै विषम परिस्थिति नआएको खण्डमा समयमै हुने पनि उनले जानकारी गराए। ुआगामी दिनमा राज्यको अवस्थामा कुनै नराम्रो घटना, असर पर्ने क्रियाकलाप तथा अस्थिरता नआएको खण्डमा समयमै नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण गर्न हामी प्रतिबद्ध छौं,ु उनले भने।

विदाई कार्यक्रमसँगै नेपाल क्रिकेट संघले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि गरेको थियो।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्