भैरहवाका यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
काठमाडौं ३असोज । यामाहाले ल्याएको दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ।
यो ड्र २ असोजमा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए।
रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन्। उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन्।
यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन्। यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको छ। त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो।
लक्की ड्रका बारेमा एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, “यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु। यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं। अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ।”
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार
















