‘बलिदान’को ट्रेलर एकै दिनमा ट्रेन्डिङको पहिलो स्थानमा, युट्युबमा तहल्का



काठमाडौं । नेपाली चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा पहिलो दिनमै तहल्का मच्चाएको छ ।

बडा दशैँको फूलपातीमा रिलिज हुने चलचित्र बलियानको टेलर सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।

धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ ।

ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ ।

यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्