वेष्ट इन्डिजविरुद्ध दाेस्राे खेलमा पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडौं १३ असोज । वेस्ट इन्डिजसँगको टी–२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।
दुबईको शारजाह क्रिकेट रंगशालामा वेष्ट इन्डिजविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाललाई यो खेलमा जित निकाल्दै ३ खेलको टी २०आई सिरिज आफ्नो पक्षमा पार्ने अवसर छ ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले दुई पटकको विश्व विजेता टेष्ट टोली वेष्ट इन्डिजमाथी ऐतिहासिक जित निकालेको थियो ।
प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार
















