वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जीत, एक खेल अगावै सिरिज आफ्नो पक्षमा



काठमाडौं १३ असोज। लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२०आई सिरिजको उपाधी जितेको छ ।

दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै हराउँदै नेपालले ३ खेलको टी–२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

१७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ८३ रनमा समेटिएको हो । नेपालका लागि आदिल अन्सारीले ४, कुशल भुर्तेलले ३ विकेट लिए भने करण केसी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीलृे एकएक विकेट लिए ।
टस जितेर व्याटिङ रोजेको नेपालले ६ विकेटको क्षतीमा १७३ रन बनाएको थियो । नेपालका लागि आशिफ सेखले ६८, सन्दिप जोराले ६३ रन जोडेका थिए । आदिल अन्सारीले ११ रन बनाएका थिए भने अरुले दोहोरो रन बनाउन सकेका थिएनन ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्