वेष्ट इण्डिजविरुद्धको तेस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै



काठमाडौं १४ असाेज। वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने अवसर नेपाललाई छ । सुरुवाती दुई खेलमा जित निकाल्दै नेपालले सिरिज एक खेलअगावै आफ्नो पक्षमा पारिसकेको छ । नेपालले वेष्ट इण्डिजलाई पहिलो खेल १९ र दोस्रो खेल ९० रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्