नेपालले कुवेतलालाई दियो १४२ रनको लक्ष्य




काठमाडौं २२ असोज । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर व्याटिङ्को निम्तो पाएको नेपालले ७ विकेटको क्षतीमा १४१ रन जोडेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ६६, गुल्सन झाले २०, दिपेन्द्र सिंह ऐरीले २०, रोहित पौडेलले १६ रनको योगदान गरे । यसअघि कुवेतसँग भएका तीन खेलमा नेपालले दुइमा जित र एकमा हार व्यवहोरेको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्