नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य



काठमाडौं २७ असोज । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ ।

ओमनमा जारी खेलमा कतारविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४१ बलमा ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी २६, गुल्सन झा १६, सोमपाल कामी १४, आसिफ शेख ११, कुशल मल्ल ८, कुशल भुर्तेल ६, आदिल आलम २ र सन्दीप जोरा १ रनमा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्