नेपालले ओमनलाई दियो १५२ रनको लक्ष्य
काठमाडौं २९ असाेज । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालले ओमनलाई १५२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । कुशलले ५१ बलमा ६८ रन बनाए । आसिफ शेख २४, गुल्सन झा १८, आदिल आलम १६, नन्दन यादव ९, कुशल मल्ल ७, कप्तान रोहित पौडेल १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए । सोमपाल कामी १ रनमा अविजित रहे । बलिङमा ओमनका नदिम खानले सर्वाधिक ४ विकेट लिए ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार
















