भाइटीकाबाट हलमा लागे ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’



काठमाडाैँ ६ कात्तिक । भाइटीकाको दिन पारेर बिहीबारदेखि दुई नयाँ फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ हलमा लागेका छन् । फरक कथावस्तुमा बनेका यी फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।

दुई फिल्मले देशव्यापी कुल १३६ शो पाएका छन् । जसमा ‘वरिष्ठ बलराम’को ८२ शो र ‘सोल्टिनी’को ५४ शो छ ।

अन्तरजातीय प्रेमकथामा आधारित ‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्। यसमा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, सुन्दर धिताल लगायतको अभिनय रहेको छ ।

रेजिना बिस्ट र संसार चौलागाईँ फिल्मका निर्माता हुन् । यसमा अर्जुन सुवेदी र कुमार भट्टराईको कथा तथा पटकथा लेखन छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ ।

निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मले दुई पात्रबीचको अस्तित्वको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ । 

प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्