जेनजी प्रदर्शनमा लुटेको हत्कडीसहित एक जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–७ स्थित दक्षिण ढोकाबाट हत्कडीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भएर बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ छन् ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा श्रेष्ठले प्रहरीको हत्कडी लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आरोपीको साथबाट हत्कडी र चाबी बरामद गरेको छ । उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार
















