मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई  पराजित गर्याे



काठमाडौं १० कात्तिक। भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भरतलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २–१ गोल अन्तरले जित निकालेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन् । साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्