प्रोटोन इमासको नयाँ शोरूम नारायणघाटमा शुभारम्भ




चितवन २० कात्तिक । प्रोटोन ईमासले नारायणघाट, चितवनमा आफ्नो नयाँ ३ एस शोरूम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ ।

देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै, जगदम्बा मोटर्स प्रा। लि। अन्तर्गतको नेपालकै प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यो शुभारम्भले नेपालभर स्वच्छ र आधुनिक यातायात समाधान विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप मजबुत बनाएको जगदम्बाले जनाएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके रहेका थिए । साथै, विभिन्न गण्यमान्य व्यक्तित्वहरू, प्रोटोन ईमासका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रोटोन ई।मास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।

नयाँ शोरूमले एकै स्थानमा विक्री, सेवा र वास्तविक स्पेयर पार्ट्स सहितको पूर्ण इलेक्ट्रिक वाहन स्वामित्वसहितको अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । यसले प्रोटोन ईमासको नेपालका ग्राहकहरूलाई सहज, भरपर्दो र सन्तोषजनक विद्युतीय यातायात समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काएको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्