कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक



भक्तपुर २३ कात्तिक। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पुरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका र ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।

गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए । नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्न सकिने बोर्डले जनाएको छ । 

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्