सबै अस्थायी शिक्षकलाई स्थायी गर्न माग


 


काठमाडौँ, चैत्र २५

सामुदायिक विद्यालयका अस्थायी शिक्षकले शतप्रतिशत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । उनीहरुले हाल शिक्षा ऐन (आठौँ संशोधन) ऐन बमोजिम ४९ प्रतिशत अस्थायीका लागि खोलिएको शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न पनि माग गरेका छन् ।

आयोगको विज्ञापनविरुद्धमा आज यहाँ विरोध ¥याली गर्दै उनीहरुले अस्थायी शिक्षकले परीक्षा वा सुविधामध्येको विकल्पमा नभई सबै अस्थायीलाइ कार्यरत दरबन्दीमा आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न आवाज उठाएका हुन् ।

पुनरुत्थान पार्टी नेपालको अगुवाइमा आयोजित ¥याली शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, कान्तिपथ, केशर महल, दरबारमार्ग हुँदै पुनःशान्तिबाटिकामा कोणसभा गरी सम्पन्न भएको थियो ।

अधिवक्ता कोषराज काफ्लेले राजतन्त्रलेसमेत दिएको अस्थायी शिक्षकको अधिकार लोकतन्त्रमा दलले खोसेको आरोप लगाउनुभयो ।

पार्टीका अध्यक्ष गोविन्दबहादुर पौडेलले अहिलेको विज्ञापन खारेज गरेर अस्थायी शिक्षकको शतप्रतिशत दरबन्दीमा पुनःअर्को आन्तरिक विज्ञापन नखोलेसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । रासस

प्रकाशित मिति: २५ चैत्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्