पोखरामा केई र फोर्थिङ शो–रुमको उद्घाटन



पाेखरा । नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी ले केई र फोर्थिङ  इभी  शोरुम पाेखरामा उद्घाटन भएकाे छ।

नयाँ शो–रुम सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको छ।

उद्घाटन समारोहको अवसरमा, कम्पनीले विशेष Grand Opening Offer सार्वजनिक गरेको छ, जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन्।

नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ, साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउँछ।

दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर RE-Lax Recharge Network मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ, जसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ।

बुद्धचोकस्थित केई र फोर्थिङ शो–रुमको उद्घाटनले प्रदेशमा बढ्दै गएको इभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको छ। लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकहरूलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न हार्दिक आमन्त्रण गर्दछ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्