रौतहटबाट नक्कली नोटसहित तीन युवक पक्राउ



रौतहट, मंसिर १७ । रौतहटबाट सशस्त्र प्रहरीले एक हजार दरको ११७ थान नेपाली नक्कली नोटसहित तीन युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी स्थित सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन जना युवकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट खटिएको टोलीले मंगलवार अपराह्न ४ बजे भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३ रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक हजार दरका ११७ थान नक्कली नेपाली नोट बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले जानकारी दिए ।

नक्कली नोटसहित पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल र भारत, बिहार जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत–२ का २३ वर्षीय जय प्रकाश कुमार रहेको एसपी अधिकारीले जानकारी दिए ।

बरामद नक्कली नोटसँगै मोटरसाइकल चालक र साथमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्