“यामाहा ब्लू क्याम्प” : देशव्यापी सर्भिस सप्ताह सुरू



काठमाडौँ । यामाहाले एक हप्ता लामो राष्ट्रव्यापी सर्भिस अभियान “यामाहा ब्लू क्याम्प” औपचारिक रूपमा सुरु गरेको छ।

 मंसिर २१ देखि २७ गते (डिसेम्बर ७ देखि १३) सम्म चल्ने यस अभियानले ग्राहकहरूलाई कुनै पनि आधिकारिक यामाहा सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधा लिन सक्नेछन् ।   

यामाहाको विश्वस्तरीय आफ्टर-सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता अनुरुप सुरु भएको “यामाहा ब्लू क्याम्प”ले हरेक यामाहा मोटरसाइकल र स्कूटरले उत्कृष्ट कार्यसम्पादन गरोस् भन्ने सुनिश्चित गर्दछ। अभियान सप्ताहको अवधिभर हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।  

यसका साथै यमाहाले विशेष उपहार पनि ल्याएको छ सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा सतप्रतिशत क्यासब्याक प्राप्त गर्ने छन्।  

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्