उखुको न्युनतम मूल्य निर्धारण, कति तोकियो ?



काठमाडौं, मंसिर २३ । सरकारले आर्थिक वर्ष २०८२÷८३ को लागि उखुको न्युनतम खरिद मूल्य निर्धारण गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कृषकले उत्पादन गरेको उखुको प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्