नेपालगञ्जमा डिपल S05 र नामी भिगो सार्वजनिक



नेपालगञ्ज । नेपालमा डीपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू  नेपालगञ्जमा डीपल S05 र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ।

नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायिक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सार्वजनिक भएको हो।

यस कार्यक्रमलाई पश्चिम क्षेत्रमा अत्याधुनिक विद्युतीय मोबिलिटीको विस्तारमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

सफलतापुर्वक सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि FNCCI नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथि FNCCI कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई हुनुहुन्थ्यो। एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका CEO प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका CEO ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो।

नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरकका रूपमा नियुक्त गरिएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर–सेल्स सपोर्ट आफ्नै ठाउँमा सहजै प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्