वैदेशिक रोजगारी : स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज
काठमाडौँ, पुस ५ । वैदेशिक रोजगारीमा जाँदा वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज गरिएको छ ।
शुल्क वृद्धिको आलोचना र दबाबपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गर्दै पुरानै दर कायम गर्ने निर्णय गरेका छन् ।
यसअघि सरकारले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट सिधै ९ हजार ५०० रुपैयाँ पु¥याएर श्रमिकलाई थप मारमा पारेको आरोप लाग्दै आएको थियो ।
शुल्क वृद्धिले विदेश जाने तयारीमा रहेका गरिब तथा विपन्न कामदारहरू थप ऋण र दबाबमा पर्ने भन्दै श्रमिक संगठन, वैदेशिक रोजगार व्यवसायी र सर्वसाधारणले सरकारको कडा आलोचना गर्दै आएका थिए ।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार
















