नाडाको साधारणसभा स्थगित भएको हल्ला फैलिएपछि नाडाले भन्योः निर्धारित मितिमा नै सञ्चालन, कुनै रोकावट छैन



काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले तोकिएकै समयमा साधारणसभा हुने जनाएको छ ।

पछिल्लो समय नाडाको साधारणसभा स्थगित भएको भन्दै हल्ला फैलिएपछि नाडाले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी पुष ९ गते हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने जनाएको हो ।

‘हाल केही सञ्चार माध्यममा आएका समाचारका कारण उत्पन्न भ्रम पूर्ण रूपमा निराधार रहेको जानकारी गराइन्छ । नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध छ र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्