नयाँवर्ष


 


–परशुराम ढकाल
नयाँवर्ष !
आऊ तिमीलाई स्वागत छ ।

सुनौलो बिहानीलिएर
सफलताका ढोकाहरु खोल्दै
गरिवी, अव्यवस्था र बेथितिका
पीडा दर्दहरूमामल्हमबनी
शान्ति, समृद्धि र सहमतिलिएर
तिमीआऊ
तिमीलाईतीनकोटि हृदयका घडामा
टिल्पिल, टिल्पिल
जल भरेर स्वागत छ ।

नयाँवर्ष !
तिमीमहान् छौ
तिम्रो विकल्प छैन
तिमी एक वर्षमा एक दिन
झुल्केर नअस्ताऊ !
तिमी समय हौ
निरन्तचलिरहने
तिम्रो अनन्तअविदित
खोकिलामाअनगिन्तीखुसी छन्
अनगिन्ती बेदनाहरु पनि छन्
तर, यसपटक भने
खुसीमात्रलिएर आऊ
तिमीलाईतीनकोटि मनको
स्वागत छ !

नयाँवर्ष !
यस पटकको तिम्रो आगमन
इतिहासमा सुनौलो बन्नुपर्छ
सुशासन, मानवअधिकार
भ्रातृत्व र स्थिरता बन्नुपर्छ
अझ सबैभन्दा बढी
स्वाधीन सीमारेखाभित्र
हिमाल, पहाड र तराई
एकसाथमुस्कुराउने कारण बन्नुपर्छ
त्यसैले त तिमीलाई
फर्फराउँदै हरिया पालुवाहरू
चिर्विराउँदै सुन्दर चराहरु
सुगन्धछर्दै वासन्तीफूलहरु
द्वारकाखम्बा बनेर हिमालहरु
झिल्मिलतारा जडेर नीलो आकाश
स्वागतगरिरहेछन् ।

नयाँवर्ष !
तिमीलाई स्वागत छ !
तिमीआऊ
अँगालाभरि खुसीलिएर ।

प्रकाशित मिति: २ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्