दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु



दार्चुला, पुस २४ । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

माटोको ढिस्कोले परिएर बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा रानाको मृत्यु भएको हो ।

उनी शैल्यशिखर नगरपालिका–१ चौड स्थित घर लिपपोतको लागि बुधवार माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि गोकुलेश्वर अस्पताल गोकुलेश्वर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्