टीभीएसको माघी पर्व अफर : बागेश्वरी शोरुमबाट बाइक र स्कुटी खरिद गर्दा विशेष छुट



धनगढी । टीभीएस मोटरसाइकल तथा स्कुटरको कैलालीको धनगढी र अत्तरियाका लागि आधिकारिक बिक्रेता शाखाहरूले माघी मिलन तथा माघे संक्रान्ति पर्वको अवसरमा विशेष अफर सार्वजनिक गरेका छन् ।

टीभीएस धनगढीस्थित बागेश्वरी अटोमोटिभ्स र अत्तरियामा रहेको बागेश्वरी मल्टिमोटर्सले आज (माघ १) देखि माघ ७ गतेसम्म लागू हुनेगरी अफर सार्वजनिक गरेका हुन् ।

यी दुबै शोरुमहरूबाट बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकहरुले विशेष अफर पाउने सोरुमका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनका अनुसार बाइक वा स्कुटर खरिद गर्दा क्यास डिस्काण्टमा नगद ६ हजार, एक्सचेञ्ज गर्दा बजार दर भन्दा थप १०,००० रकम अतिरिक्त दिइने छ ।

साथै टीभीएसको जतिसुकै पुरानो मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुनेछ । यो अवधीमा पुराना मोटरसाइकल वा स्कुटरसँग टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ ।

त्यस्तै माघ महिनाभरी फाइनान्स गरेर बाइक वा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि ५० प्रतिशत डाउन पेमेण्टमा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

सञ्चालक साउँदले भारत र नेपालमा पछिल्लो समय सर्वाधिक रुचाइएको र बिक्री पनि अत्याधिक भैरहेको इभीमा आइक्यूभ मोडेल पनि शोरुममा उपलब्ध रहेको पनि जानकारी दिए । उक्त आइक्यूभ मोडेलललाई ७ दिनभित्रमा नगद खरिद गर्ने ग्राहकलाई १५ हजारसम्म दिइनेछ ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्