प्रज्ञामा शुभकामना आदानप्रदान



काठमाडौँ, वैशाख ९

नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यरत लोकतान्त्रिक कलाकार तथा कर्मचारीहरूको हकहितका निमित्त २०६५ सालमा स्थापित लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घले नयाँ वर्षको उपलक्ष्यमा ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’को आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुभकामना दिँदै प्रतिष्ठानको हीरक महोत्सवका अवसरमा कर्मचारीहरूको उचित मूल्याङ्कन गरिने बताए ।

सङ्घका कार्यवाहक अध्यक्ष बुद्धि तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डे, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विक्रम मैनाली, राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष धनबहादुर कार्की, सङ्घका पूर्व अध्यक्ष सुरेन्द्रकाजी सिन्दुराकार लगायतले शुभकामना दिएका थिए ।

सङ्घका महासचिव अशोककुमार चौरसियाले सञ्चालन गरेको कार्यक्रममा सार्वजनिक सेवा कर्मचारी सङ्घका केन्द्रीय सदस्य ऋषिराम गिरीले स्वागत मन्तव्य दिएका थिए । यसै गरी कार्यक्रममा गायक जीतबहादुर खड्काले शुभकामना गीत प्रस्तुत गरेका थिए भने कवि होमराज ढुङ्गेलले ‘शुभकामना’ शीर्षको कविता पाठ गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ लगायत प्राज्ञ परिषद् सदस्य, प्राज्ञसभा सदस्य, आजीवन सदस्य, प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारी, आर्थिक प्रशासन प्रमुख सुमन अधिकारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडी लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा सङ्घले प्रतिष्ठानसमक्ष विभिन्न मागहरू पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News