निपाह भाइरसको उच्च जोखिममा नेपाल, यसरी जोगिने



 काठमाडौँ, । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ ।

यो भाइरस छिमेकी देश भारतको पश्चिम बङ्गालमा पुष्टि भएसँग नेपालमा पनि यसको उच्च जोखिममा परेको चिकित्सक बताउँछन् ।

चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले यसको जोखिम नेपालमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

मन्त्रालयले यसको जोखिमलाई मध्यनजर गर्दै नेपालमा यो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको डा. बुढाथोकीको भनाइ छ ।विमानस्थल, सीमा नाका तथा स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको र शङ्कास्पद लक्षण देखिएका व्यक्तिको स्याम्पल लिएर परीक्षण गर्न निर्देशन दिएको डा. बुढाथोकीले बताउनुभयो ।

मन्त्रालयले सीमा नाकामा निगरानी कडा बनाउन, स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको र सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“निपाह भाइरसको जोखिम नेपालमा पनि उच्च छ। त्यसैले सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ। शङ्कास्पद लक्षण देखिएका यात्रुहरूलाई तत्कालै पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।”

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्