यामाहाको ‘माइलेज लिग’को आधा यात्रा पूरा 



काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले आयोजना गरेको ‘यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्ज’ को आधा चरण सम्पन्न भएको छ।

केही महिनाअघि सुरु भएको यस प्रतिस्पर्धात्मक लिगले नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई तीव्र बनाउँदै लगेको छ भने यसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा आयोजना हुने भएको छ।

यामाहा रेजेडआर 125-FI हाइब्रिडको ARAI-प्रमाणित माइलेज ७१.३३ किमी प्रतिलिटर रहे पनि, माइलेज लिगका क्रममा वास्तविक सडकमा यसले अझ उत्कृष्ट प्रदर्शन गरेको पाइएको छ।

हालसम्म एक सहभागीले ८७.२० किमी प्रतिलिटरको उल्लेखनीय माइलेज हासिल गरेका छन् भने अन्य प्रतिस्पर्धीहरू पनि उक्त नतिजाको निकै नजिक पुगेका छन्। यसले कम्पनीले दाबी गरेको इन्धन दक्षता वास्तविक प्रयोगमा पनि आधिकारिक रूपमा पार भएको प्रमाणित गरेको छ।

सातै प्रदेशलाई समेटेर सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ भने अन्तिम चरणका लागि अझै केही शहरहरूमा कार्यक्रम आयोजना हुन बाँकी रहेको यामाहा नेपालले जानकारी दिएको छ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्