चर्काे शुल्क लिएको विरोधमा प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला


 


काठमाडौँ, वैशाख १४

अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन् ।

मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले वृद्धि शुल्क फिर्ताको माग गदै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउनका लागि तालाबन्दी गरिएको बताउनुभयो । प्याब्सनको डिल्लीबजारस्थित र एनप्याब्सनको कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।

प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन् । प्याब्सनका महासचिव राजेन्द्र बानियाँले तत्काल दुई पक्षलाई राखेर तालाबन्दी खुलाउन सरकारसँग माग गर्नुभयो ।

वृद्धि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनले देशभरका निजी विद्यालयको लेखा र प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति: १४ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्